तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदीमा बगेर बेपत्ता दुई बालिका अझै फेला परेनन्

कञ्चनपुर । महाकाली नदीमा हिजो दिउँसो बगेर बेपत्ता भएकी दुई बालिका अझै फेला परेका छैनन्।

भिमदत्त नगरपालिका–११ भुजेलाकी ७ वर्षीय जिविका पन्त र ८ वर्षीय सबिना पन्त नदी किनारमा नुहाउने क्रममा बगेका थिए। घटनापछि प्रहरीले सशस्त्र प्रहरी र नेपाली सेनासँग मिलेर खोजी कार्य सुरु गरेको थियो।

Exif_JPEG_420

प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार पानीको तीव्र बहावका कारण हिजो खोजीमा कठिनाइ भएको थियो। आज बिहानैदेखि खोजी जारी छ तर अहिलेसम्म उनीहरूलाई भेटाउन सकेको छैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button