तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लगाएर माछा मार्दा एकको मृत्यु

झापा । झापामा करेन्ट लगाएर माछा मार्दा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो साँझ झापाको हल्दिबारी ४ मा खोलामा करेन्ट लगाइ माछा मार्न गएका सङ्खुवासभा चैनपुर वडा नं. २ घर भई हाल हल्दिवारी वडा नं. ४ ऐनावारीमा रहेको मैनाली हाते कागज खरिद बिक्री केन्द्रमा काम गर्ने ३० वर्षीय रामकुमार अधिकारीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

अधिकारीको शव प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरिएको छ भने घटना बारे अनुसन्धान भइरहेको प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिनु भयो ।

यस् सँगै झापामा साउन महिनामा मात्र पाँच जनाले ज्यान गुमाएका छन् ।

गत आर्थिक वर्ष २०८१/०८२ मा करेन्ट लागेर झापामा १४ पुरुष र एक बालक गरी १५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button