तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकारमा जाने विषय हाम्रो प्राथमिकतामा छैन’

चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताउनुभएको छ । 

आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारले गरेका कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी अर्थ्याउन खोजिएको भन्दै अहिले नै सरकारमा जाने कुनै सोच नरहेको बताउनुभयो । 

माओवादी केन्द्रले भदौ तेस्रो साताबाट विगतमा स्थगन भएको अभियानलाई पुनः सुरु गर्ने र त्यसपछि पुनः केन्द्रीय समितिको बैठक बसेर नयाँ एजेन्डासहित अघि बढ्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । 

हालै सम्पन्न स्थायी समिति बैठकबाट पार्टी एकताबद्ध भएको भन्दै उहाँले बैठकले गरेका निर्णय कार्यान्वयनमा आउने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button