नाटेश्वरी मन्दिरमा दर्शनार्थीको भीड
बाजुरा। जनै पूर्णिमाको अवसरमा बाजुराको नाटेश्वरी मन्दिरमा विशेष पूजा आराधनामा बिहानै देखि दर्शनार्थीको भीड लागेको छ।

बडिमालिका बाट फर्केका दर्शनार्थीहरुले भरिभराउ नाटेश्वरिमा बिहानै देखि पूजा लागिरहेको हो।नाटेश्वरी मन्दिर बाजुराको त्रिवेणी नगरपालिका– ७ मा पर्छ। किम्बदन्ती अनुसार बडिमालिकालाई बहिनी र नाटेश्वरीलाई दिदी भएको जनविश्वास रहिआएको छ।भने बडिमालिकामा दर्शन गर्ने दर्शनार्थीले नाटेश्वरिमा समेत पूजा गर्दा इच्छाएको काम पूरा हुने मान्यता रहेको छ। नाटेश्वरीलाई ‘नाचनथली’ पनि भन्ने गरिन्छ। भगवान् शिव, पार्वती लगायत अन्य देवीदेवताको नाचगान गर्ने स्थल भएका कारण नाटेश्वरी नामाकरण भएको मानिन्छ ।

२०३४ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले हेलिकोप्टरबाट नाटेश्वरी मन्दिरको दर्शन गर्नुभएको थियो। पछि २०५६ सालमा योगी नरहरिनाथले कोटी होम लगाएपछि मन्दिरको थप प्रचार भएको थियो।

योगी नरहरिनाथले एक महिना नाटेश्वरी बस्दा नाटेश्वरीको इतिहास, धर्म, संस्कृति र यहाँका जडीबुटीको महत्त्वका बारेमा बयान गरेका गर्नुभएको थियो । २०८१ कार्तिक १गते राष्ट्रपति रामचन्द्र पौडेलले नाटेश्वरी मन्दिरको नवनिर्मित भवनको उद्घाटन गर्नुभएपछि थप प्रचारप्रसार थियो ।
नाटेश्वरीमा भगवती देवीबाहेक कालिकादेवी र धल्पुरादेवीको पनि मन्दिर छ। यी तीन वटै मन्दिरमा फरक(फरक समयमा पूजाआजा गरिन्छ।
प्रतिक्रिया राख्नुहोस्