तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा जनै पूर्णिमा, ऋषितर्पणी र रक्षाबन्धनको शुभकामना व्यक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनै पूर्णिमा , ऋषितर्पणी एवम् रक्षावन्धनको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आज एक शुभकामना सन्देश दिनुहुँदै नवयज्ञोपवित एवम् रक्षाबन्धन धारण गरेर मनाउने यस पर्वले नेपालीहरूबिच आपसी सम्बन्ध र सद्भाव प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

जनै पूर्णिमा एवम् ऋषितर्पणी पर्वको आफ्नै विशिष्ट महत्त्व रहेको बताउँदै उहाँले विभिन्न जातजाति,भासाभासी, संस्कृति, चाडपर्व र परम्परा रहेको हाम्रो देशमा मनाइने यस प्रकारका चाडपर्वहरूले आपसमा मित्रता, प्रेम र सद्भाव अभिवृद्धि गर्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button