तपाईँ सुन्दै हुनुहुन्छः

प्राविधिक शिक्षामा नेपाली सेनाले चाँगुनारायणवासीलाई छात्रवृत्ति प्रदान गर्ने, सात बुँदे सहमति पत्रमा हस्ताक्षर

भक्तपुर । नेपाली सेनाले खरिपाटीस्थित आफ्नो कलेजमा प्राविधिक विषयमा अध्ययन गर्न चाहने चाँगुनारायणका स्थानीयवासीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको प्रस्तावका आधारमा खरिपाटीस्थित नेपाली सेना ईएमई पोलिटेक्निक महाविद्यालयले चाँगुनारायणवासीलाई छात्रवृत्ति उपलब्ध गराउने सहमति भएको हो ।

डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ विषयमा अध्ययनका लागि चाँगुनारायण नगरपालिका कार्यालयमा नगरपालिका र महाविद्यालयबीच चार जनालाई छात्रवृत्ति उपलब्ध गराउने विषयमा सात बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको  हो ।

समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख जीवन खत्री र प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ तथा महाविद्यालयको तर्फबाट प्राविधिक प्रमुख सेनानी अनुप डङ्गोलले समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको छ । 

हस्ताक्षर पछि आजै नगर प्रमुख खत्रीले दुबैपक्षबीच भएको सहमतिअनुसार चाँगुनारायण नगरपालिकाबाट डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ कार्यक्रमका लागि छनौट हुने प्रत्येक विषयमा एक÷एक जना विद्यार्थीलाई ५० प्रतिशत शुल्क नगरपालिकाले व्यहोर्ने गरि पूर्ण छात्रवृत्ति प्रदान गरिने सहमति भएको बताउनुभयो ।

नेपाली सेना ईएमई पोलिटेक्निक महाविद्यालयले दुवै विषयका लागि चाँगुनारायण नगरपालिकालाई थप कोटा उपलब्ध गराउने सहमति समेत भएको जानकारी दिँदै नगर प्रमुख खत्रीले थप कोटामा नगरवासीका थप नागरिकले यस वर्षदेखि अध्ययन गर्न पाउने बताउनुभयो ।

महाविद्यालयले भर्नाका लागि आवेदन खुल्ला गरेको छ । छात्रवृत्तिका लागि नगरपालिका आफैले सूचना प्रकाशित गरि आवेदन माग गरि चार जना विद्यार्थीलाई छात्रवृत्तिको लागि छनोट गरी पठाउने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button