तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै


तुर्कमेनिस्तान। प्रधानमन्त्री केपी शर्मा ओलीसँग तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्कँने क्रममा दुबई प्रस्थान गर्नुभएको छ ।


प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री ले बिदाइ गर्नुभयो । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११:५ बजे नेपाल आइपुग्नुहुने कार्यक्रम रहेकोे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button