तपाईँ सुन्दै हुनुहुन्छः

सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा ६०० भन्दा बढी तीर्थयात्रीले सेवा लिए

बाजुरा । बडीमालिकाको दर्शनका लागि गएका भक्तजनलाई लक्षित गरी नेपाली सेनाको ईश्वरी बक्स गुल्म बाजुराले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य उपचार सेवामा ६०० भन्दा बढीले सेवा लिएका छन् ।

यही साउन २३ गते चतुर्दशीका दिन लाग्ने पूजाका लागि यहाँ आएका भक्तजनहरूलाई निःशुल्क सेवा प्रदान  गर्न सुरु गरिएको ईश्वरी बक्स गुल्म बाजुराका गुल्मपति सेनानी कृष्ण तिमिल्सेनाले बताउनुभयो ।

गुल्मले बडीमालिका मन्दिर, त्रिवेणी पाटन र बडीमालिका जानेबीच बाटोमा गरी तीन ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । तिमिल्सेनाका अनुसार शिविरमा आएका तीन जना भक्तजनलाई उपचार गरी घर फर्काइएको छ । 

सुदूरपश्चिमको धार्मिक आस्थाको धरोहरका रूपमा रहेको बडीमालिकामा यो वर्ष करिब पाँच हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेको गुल्मपति तिमिल्सेनाको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button