तपाईँ सुन्दै हुनुहुन्छः

गाईजात्राको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा

मकवानपुर। गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले साउन २५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश सरकारको निर्णयअनुसार सो दिन बागमतीभरका सबै सरकारी कार्यालय, शिक्षालय तथा सार्वजनिक संस्थाहरू बन्द हुनेछन्।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रविता कार्कीले मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश राजपत्रमा सूचना प्रकाशित भइसकेको जानकारी दिनुभयो।

नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व गाईजात्रा काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका विभिन्न जिल्लामा विशेष रूपमा मनाइने भएकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button