तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ ।मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यहाँको मध्य नेपाल नगरपालिका–१० स्थित बिमिरे भन्ज्याङमा आज बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । 

पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएसँगै सवारीसाधनहरू पोखरादेखि बेँसी सहर आवतजावतका लागि वैकल्पिक बाटो काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै सञ्चालन हुन थालेका छन् । 

इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालले पहिरो तत्कालै हटाउन नसकिने अवस्थाको रहेको जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button