तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर गैँडाको मृत्यु

चितवन । माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज बिहान ९ः३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको हो । 

गैँडाको खाग, खुर सुरक्षित रहेको उहाँले जनाउँदै उहाँले कसले कुन प्रयोजनका लागि धानबारीमा विद्युतीय करेन्ट छोडेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button