तपाईँ सुन्दै हुनुहुन्छः

हिमालयन शेर्पा चर्च ब्वाइज युनाइटेडसँग पराजित 

काठमाडौँ । चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ यूथ लिगमा मङ्गलवार हिमालयन शेर्पा क्लबविरुद्ध २–० को जित निकालेको छ ।

जितसँगै ११ खेलमा २० अङ्क जोडेको चर्च ब्वाइज छैटौँ स्थानमा कायम छ । पराजित हिमालयन शेर्पा समान खेलबाट १४ अङ्कका साथ नवौँ स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा चर्च ब्वाइजलाई जित दिलाउन सुशन थापामगर र सुनिल दंगालले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका थिए ।

अर्को खेलमा न्युरोड टिम (एनआरटी)ले सातदोबाटो यूथ क्लबविरुद्ध १–० को कठिन जित दर्ता गरेको छ ।

जितसँगै ११ खेलमा १२ अङ्क जोडेको एनआरटी १०औँ स्थानमा उक्लिएको छ । ११ वटै खेलमा पराजित सातदोबाटो अङ्कविहीन छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सुगम रानाले गरेको एक मात्रै गोल एनआरटीलाई जित दिलाउन पर्याप्त बन्यो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button