तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँ नियुक्त

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस बागमती संसदीय दलका नेता बानियाँ इन्द्र बहादुर बानियाँ नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मङ्गलवार (आज) नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बानियाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

सोमबार नेपाली काँग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई आज प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदका लागि एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षर सहित मुख्यमन्त्रीको लागि नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकारका लागि दाबी पेस गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button