तपाईँ सुन्दै हुनुहुन्छः

भू-परिवेष्टित विकासशील राष्ट्रहरू(एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन सुरु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको अवाजा सहरमा सुरु भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुभएको छ।

प्रधानमन्त्री ओली एलएलडिसी सम्मेलनमा सहभागिताका लागि सोमबार तुर्कमेनिस्तान पुग्नुभएको हो। सम्मेलन यही साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुँदै छ। उहाँ तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको संयुक्त निमन्त्रणामा सम्मेलनमा सहभागी हुनु भएको हो।

सम्मेलनमा भूपरिवेष्टित राष्ट्रहरूको आर्थिक विकास, अन्तरदेशीय व्यापार सहजीकरण, पूर्वाधार विस्तार र अन्तर्राष्ट्रिय सहयोगका विषयमा उच्चस्तरीय छलफल हुने कार्यक्रम छ।

तस्बिर:प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया राख्नुहोस्

Back to top button