तपाईँ सुन्दै हुनुहुन्छः

पुलिस क्लबद्वारा त्रिभुवन आर्मी क्लब ३–१ ले पराजित

काठमाडौँ । एन्फा यु–१६ लिगमा सोमबार सम्पन्न विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ३–१ को जित दर्ता गरेको छ ।

जितसँगै ११ खेलमा २८ अङ्क जोडेको पुलिस शीर्ष स्थानमा कायम छ । पराजित आर्मी समान खेलबाट ६ अङ्कका साथ १२औँ स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा पुलिसका लागि समीर कुमार, मेसी वीरविक्रम शाह र रोनी वीरविक्रम शाहले गोल गरे । आर्मीका जोयल गुरुङले गोल फर्काए ।

सोमबार नै सम्पन्न अर्को खेलमा एपिएफले प्लानिङ ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्‍यो । 

जितसँगै ११ खेलमा १९ अङ्क जोडेको एपिएफ छैटौँ स्थानमा उक्लिएको छ । पराजित प्लानिङ ब्वाइज समान खेलबाट ६ अङ्कका साथ १३औँ स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन आदर्श मेचेको दुई तथा विपिन छन्त्यालले एक गोल गरे । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button