तपाईँ सुन्दै हुनुहुन्छः

विधायन व्यवस्थापन समिति : जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल

काठमाडौँ । विधायन व्यवस्थापन समितिको आजको बैठकमा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल भएको छ ।

सिंहदरबारमा आज बसेको समिति बैठकको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सांसदहरूले जलवायु परिवर्तन र जलस्रोत प्रदूषण अन्तर्राष्ट्रिय चासोका विषय भएकाले विधेयकमा स्पष्ट प्रावधान राख्नुपर्ने सुझाव दिनुभयो ।

यस्तै सांसदहरूले निजी क्षेत्रलाई पूर्ण रूपमा बाँध सुरक्षाको जिम्मेवारी दिनु जोखिमपूर्ण हुने र विदेशी स्वामित्वमा जान सक्ने चिन्ता व्यक्त गर्नुहुँदै बाँध सुरक्षाको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने धारणा राख्नुभयो ।

बैठकमा सांसदहरूले उठाउनुभएका जिज्ञासाहरूको जवाफ दिनुहुँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जलस्रोत विधेयकले बाँध सुरक्षाका सम्बन्धमा आवश्यक कुराहरू समेट्ने भएकाले यस विधेयकबाट नेपालका बाँधहरूको सुरक्षाका लागि मार्ग प्रशस्त हुने बताउनुभयो । 

मन्त्री खड्काले विधेयकमा असर नपर्ने गरी, जलवायु परिवर्तनका जोखिम न्यूनीकरणका विषय पनि समेट्न सकिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button