तपाईँ सुन्दै हुनुहुन्छः

महाकालीमा पानीको बहाव उच्च

'शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक'

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । 

लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि  चार पाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । 

“महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ ।” उहाँले भन्नुभयो–“महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि चार पाङ्ग्रे सवारीमा रोक लगाइन्छ ।” उहाँका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले एक लाख नौ हजार नौ सय ८० क्युसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button