तपाईँ सुन्दै हुनुहुन्छः

एसियन कुराश च्याम्पियनसिप २०२५ मा नेपाललाई कांस्य पदक

काठमाडौँ । नेपाली खेलाडी प्रशान्त राईले दक्षिण कोरियामा जारी एसियन कुराश च्याम्पियनसिप २०२५ मा कांस्य पदक जितेका छन् ।

दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी प्रतियोगितामा प्रशान्तले जुनियर–४२ केजी तौल समूहमा पदक जितेको नेपाल कुराश सङ्घले जनाएको छ ।  प्रशान्त सेमिफाइनल उज्बेकिस्तानका खेलाडीसँग पराजित भएका थिए ।

एसियाली कुराश महासङ्घको आयोजनामा जारी प्रतियोगितामा प्रशान्तको तौल समूहमा भारत, तुर्कमेनिस्तान, मङ्गोलिया चीन (ताइपे), कुवेतका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । अर्का नेपाली खेलाडी नामशाङ सामसोङजुनियर –५२ केजीमा प्रतिस्पर्धा गरेका थिए । 

एसियन कुराश च्याम्पियनसिपमा यो नेपालको दोस्रो पदक हो । यसअघि सन् २०१८ मा थाइल्यान्डमा आयोजित एसियन च्याम्पियनसिपमा  कृति शर्माले ५२ केजी मुनीको तौल समूहमा कांस्य पदक जितेकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button