प्रधानको ‘आँसु झार्दिन’ सार्वजनिक
काठमाडौँ । भगवती प्रधान ‘प्रतिमा’ द्वारा लिखित ‘आँसु झार्दिन’ बोलको गीत सार्वजनिक भएको छ ।
काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उक्त गीतलाई भिडियो सहित सार्वजनिक गरिएको हो । आफ्नो श्रीमान् तत्कालीन माओवादी, जनमुक्ति सेनाका बटालियन कमिसार कमल प्रसाद शर्मा ‘दिनेश’ काे सम्झनामा लेखिएको गीतलाई रचनाकारले चार बर्षपछि रमण थामिको सङ्गीत र निर्मला घिसिङको स्वरमा प्रस्तुत गर्नुभएको हो ।
२०५८ सालमा जनवादी विवाह गर्नुभएका रचनाकार प्रधानले २०६२ बैशाख २६ गते सिराहा बन्दिपुरमा तत्कालीन शाहि नेपाली सेनासँगको भिडन्तका क्रममा आफ्नो श्रिमानलाई गुमाउनु भएको थियो । सहिद पत्नीको रूपमा गीतकारले गीतमार्फत आफ्नो श्रीमानप्रतिको गहिरो प्रेम भाव र समर्पणलाई व्यक्त गर्नुभएको छ । तत्कालीन माओवादी आन्दोलनको परिवेशलाई प्रस्तुत गरिएको भिडियोलाई मिराज सिंह र मानसीको अभिनयले अझ शसक्त बनाएको छ ।
मिराज सिंहको निर्देशनमा तयार पारिएको भिडियोलाई रणधिर सिंहले छायाँकन गर्नुभएको छ । रचनाकार प्रधान २०६३ को अन्तरिम विधायिका समेत रहनुभएको छ ।
पुरा भिडियो…








प्रतिक्रिया राख्नुहोस्