तपाईँ सुन्दै हुनुहुन्छः

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

दमौली (तनहुँ) । यहाँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी भएको छ । 

विद्युत् चुहावटका कारण शिक्षालयको भण्डार कोठामा आज आगो लागेको र त्यसबाट आगलागीबाट कागजपत्र, कम्प्युटर, प्रिन्टर तथा दुई वटा पङ्खा जलेर क्षति भएको शिक्षालयका प्रमुख कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

आज दिउँसो क्यान्टिनमा खाजा खाने समयमा भण्डार कोठाको झ्यालबाट धुँवा देखिएपछि शिक्षक, कर्मचारी, विद्यार्थी तथा सुरक्षाकर्मीको सहकार्यमा अग्नि नियन्त्रक प्रयोग गरी आगो निभाइएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button