कोदो खेतीको संरक्षणमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ । राष्ट्रिय कोदो दिवस २०८२ को अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कोदो खेतीको संरक्षण, प्रवर्द्धनमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै भण्डारीले पुस्तौँदेखि पहाडी तथा हिमाली भेगमा उत्पादन हुँदै आएको कोदो नेपालको मौलिक कृषि परम्परा, जलवायु अनुकूल र वातावरणमैत्री अन्नबाली भएको उल्लेख गर्नुभएको छ। धान, मकै र गहुँपछिको चौथो मुख्य अन्नबालीका रूपमा रहेको कोदो विगत केही दशकयता नीतिगत बेवास्ता र सामाजिक उपेक्षाको कारण संकटमा परेको उहाँको भनाइ छ।
भण्डारीले भूमिको सदुपयोग, किसानको सम्मान, उत्पादनमा व्यावसायिकता, नवप्रवर्तन, प्रविधिको प्रयोग, बीउको संरक्षण, बजार पहुँच र युवाको सहभागिता आवश्यक रहेको बताउँदै कोदो खेतीलाई आधुनिक र आत्मनिर्भर बनाउनुको विकल्प नरहेको बताउनुभएको छ।
उहाँले पोषणयुक्त र जलवायुमैत्री रैथाने बालीहरूलाई संरक्षण र समृद्धिको अभियानसँग राष्ट्र निर्माणलाई जोड्न सबै नागरिकलाई आह्वान गर्नुभएको छ।
प्रतिक्रिया राख्नुहोस्