माओवादी केन्द्रको पदाधिकारी बैठक : स्थायी कमिटी बैठकमा छलफल हुने विषय तय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले पर्सी शुक्रवारबाट सुरु हुने पार्टीको स्थायी कमिटी बैठकमा छलफल हुने विषय एवं बैठकको कार्यसूची तय गरेको छ ।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले स्थायी कमिटी बैठकमा पार्टीका नेताहरूको कार्य विभाजन, सङ्गठन निर्माण तथा पार्टीको आन्तरिक एकतालाई थप सुदृढ बनाउने कार्यसूची तय गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
यस्तै बैठकले पार्टी स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति बारेमा जानकारी गराउनुहुने कार्यसूची तय भएको बैठकपछि नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यस्तै स्थायी कमिटी बैठकमा पार्टीले सञ्चालन गरेको सङ्गठन विस्तार अभियानलाई निरन्तरता दिने, समाजवादी मोर्चालाई थप सक्रिय बनाउने तथा आगामी केन्द्रीय समिति बैठकको मिति तय गर्ने लगायतका विषयमा छलफल हुने माओवादी प्रवक्ता सापकोटाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्