राष्ट्रियसभा बैठक : चलचित्र विधेयक स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘चलचित्र विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सो प्रस्तावलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा प्रस्तुत गर्नुभएको थियो ।
यसअघि,बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले ‘नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ का सम्बन्धमा सांसदहरुले छलफलमा उठाएका विषयहरू र सो सम्बन्धमा प्रधानमन्त्रीले जवाफका सिलसिलामा व्यक्त गर्नुभएको विचारसमेतका आधारमा उक्त प्रतिवेदनमा समावेश भएको सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक यही साउन २३ गते शुक्रवार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्