श्रावण शुक्ल पञ्चमी: घरघरमा नाग टाँसियो

काठमाडौँ । घरघरमा नाग टाँसेर आज नाग पञ्चमी पर्व मनाइएको छ । नाग पञ्चमीमा घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेमा नाग, सर्प, बिच्छीजस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास छ ।
आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशका नागदह, नागकुण्ड र नागस्थानहरुमा नागको पूजा आराधना गरी मेला लागेको थियो । पशुपतिनाथ मन्दिर परिसरमा रहेको वासुकी मन्दिरमा पनि विशेष पूजा गरिएको थियो ।
नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानहरू आराम गर्ने गर्दछन् । आज खनजोत गरेमा नाग मारिन्छन् भन्ने ठानेर त्यसो गरिएको हो । रासस
प्रतिक्रिया राख्नुहोस्