तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोत्कृष्ट भाषाभाषी अवार्डद्वारा चौधरी सम्मानित

काठमाडौँ । ‘चौथो सिल्भर म्युजिक अवार्ड’ द्वारा गायक रत्नदीप चौधरी सम्मानित हुनुभएको छ । 

प्रियसी म्युजिकको आयोजनामा भएको प्रतियोगितामा थारु भाषाको (नथिया वाली) बोलको  गीतले सर्वोत्कृष्ट भाषाभाषी अवार्ड प्राप्त गरेको छ । सो गीतका गायक चौधरी सहित ३० जना कलाकारहरू सम्मानित हुनुभएको हो ।

नथिया वाली बोलको गीत चौधरीको आफ्नै शब्द, सङ्गीत र स्वरमा तयार भएको हो । उक्त गीत थारू भाषामा उत्कृष्ट भएको हो । २०५५ सालमै पहिलो थारु गीत गाएर चर्चा कमाउनुभएका चौधरीले अहिलेसम्म दर्जनभन्दा बढी चर्चित गीत गाउनुभएको छ । २०५६ मा ‘ए हौ साली झुम्कावाली’ गीत निकै चर्चामा आएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button