तपाईँ सुन्दै हुनुहुन्छः

अत्याधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु 

भद्रपुर, झापा । अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ ।

मृतक मध्ये एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई बिर्तामोडमा सुँगुरको खोरमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान कनकाई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएका हुन् । शिवसताक्षी नगरपालिका–११ घर भई हाल कनकाई–४ मा बस्दै आएका शिवाकोटीले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयबाट जानकारी पाएको उहाँले बताउनुभयो ।

यसैगरी, बिर्तामोड नगरपालिका–६ शुभबिहानी टोलस्थित सुँगुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर मृत भेटिएका छन् । मगरको घर भारतको सिक्किम रहेको प्रहरीले जनाएको छ । स्थानीय सरोज लावतीले सञ्चालन गर्दै आएको फार्ममा मगरले सुँगुरलाई चारो खुवाउने र खोरको रेखदेख गर्दै आएका थिए । उनको सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत भेटिएका दुवै जनाले अत्यधिक मदिरा सेवन गर्दै आएको  अनुसन्धानका क्रममा खुलेको अधिकारी खड्काले बताउनुभयो ।

केही दिनयता झापामा तापक्रम बढेर उच्च गर्मी भएका भन्दै बेलुका अत्यधिक मदिरा सेवन गरी सुतेका बेला दुवैको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button