तपाईँ सुन्दै हुनुहुन्छः

एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको  केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत विधान मस्यौदा र साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय कमिटीका सदस्यहरुले धारणा राख्नेक्रम जारी छ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजोदेखि जारी बैठकमा पार्टीका उपाध्यक्ष एवम् विधान मस्यौदा समितिका संयोजक विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नुभएको विधान मस्यौदा र साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यलाई तीन मिनेटमा आफ्नो धारणा राख्न समय दिइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकमा केन्द्रीय सदस्यले उठाएका विषयलाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि विधान मस्यौदालाई पारित गर्दै  बैठक समापन हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button