तपाईँ सुन्दै हुनुहुन्छः

विधायन व्यवस्थापन समिति बैठक : जलस्रोत विधेयकमाथि दफावार छलफल

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले जलस्रोत विधेयकमाथिको दफावार छलफल अगाडी बढाएको छ । 

समितिको आजको बैठकमा विधेयकको प्रस्तावनामाथिको छलफलका क्रममा सांसदहरूले उठाएका विषय, मुल विधेयक र प्रतिनिधिसभाले पठाएको प्रतिवेदनको विषयलाई समेटेर प्रस्तावनाको ड्राफ्ट तयार पार्न कानुन मन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिले आज विधेयकको परिच्छेद १ र २ माथि आज छलफल गरेको हो । 

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले विधेयकलाई समय सापेक्षरुपमा समृद्ध बनाएर छिटो पास गर्ने गरी अगाडी बढ्न समितिलाई आग्रह गर्नुभयो । 

मन्त्री खड्काले जलस्रोतको संरक्षण, दिगो उपयोग, दीर्घकालीन विकास लगायतका विषयलाई ध्यानमा राखेर विधेयक ल्याएको भन्दै दिगो विकास र बाँधको सुरक्षा शब्दमा केही प्रश्न उठेकाले थप छलफल गरी अगाडी बढ्न सकिने बताउनुभयो ।

छलफलमा सांसदहरूले जलस्रोतको व्यवस्थापन, संरक्षणजस्ता कुरामा जोड दिनुपर्ने, बाँधको सुरक्षा शब्दलाई परिभाषित गर्नुपर्ने, जल उत्पन्न प्रकोप र जलवायु परिवर्तनको विषय पनि समेटिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button