तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा समिति : मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँगको छलफल

काठमाडौँ । पत्रकारिता क्षेत्रलाई बढी स्वच्छ, निष्पक्ष र जिम्मेवार बनाउन मिडिया काउन्सिल विधेयक केन्द्रित हुनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आज भएको मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँगको छलफलमा सांसदहरुले पत्रकारिता क्षेत्रलाई स्वतन्त्र राख्दै उत्तरदायी बनाउने नियमनकारी भूमिकामा विधेयक बढी केन्द्रित हुनुपर्ने बताउनुभयो ।

बैठकमा सांसदहरुले काउन्सिलको अध्यक्षको नियुक्ति विज्ञसहितको समितिको सिफारिसमार्फत गर्नुपर्ने, स्थानीय स्तरमा कार्यरत पत्रकारहरूको क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने, पत्रकारिता गर्ने व्यक्तिको निश्चित योग्यता तोकिनुपर्ने लगायतका विषयमा संशोधन प्रस्ताव गर्नुभयो । 

समितिको आजको बैठकमा ८ जना सांसदहरुले विधेयकमाथि संशोधन प्रस्ताव राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button