तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा रेबिज विरुद्धको खोप अभाव भएको छ ।

सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करुपमा प्रदान गरिने ‘एन्टी रेबिज भ्याक्सिन’ दुई महिनादेखि अभाव रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बताउनुभयो । ‘अस्पतालमा जेठ महिनादेखि खोपको मौज्दात सकिएकाले सेवा दिन सकिएको छैन’ डा. सुवेदीले बताउनुभयो ।

कुकरले टोकेपछि लगाइने रेबिज विरुद्धको सुई भेरी अस्पतालले आफैँ उपलब्ध गराउने भन्दा केन्द्र र प्रदेशमार्फत प्राप्त भएको डोज (मात्रा० आवश्यकता अनुसार वितरण मात्र गर्दै आएको थियो । हाल केन्द्र तथा प्रदेश आपूर्ति केन्द्रमै उक्त खोपको मौज्दात माग अनुसार नभएको जानकारी प्राप्त भएको र अस्पतालमा मौज्दात सकिएकाले खोपको आपूर्ति सञ्चालन नहुन्जेल निःशुल्क रेबिजविरुद्धको खोप दिन नसकिएको डा.सुवेदीले बताउनुभयो । 

अस्पतालमा दैनिक ४०–५० डोज खोप खपत हुने गरेको छ । स्वास्थ्य सेवा विभागमा समेत नभएकाले भ्याक्सिनबारे अझै निश्चित नभएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुवेदीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button