तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसलाई गुट-उपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र देखिएको गुट-उपगुटको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । 

नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी कार्यकर्ता गुटमा विभाजन हुँदा पार्टी कमजोर भएको छ । पार्टीलाई एक ढिक्का बनाउन लोकतन्त्रमा आस्था राख्ने सबै जना सक्रिय हुने समय आएको छ ।”

नेपाली कांग्रेस भक्तपुर जिल्ला सचिव राजेश खड्काले केन्द्रदेखि वडासम्म फैलिएको गुटको अन्त्य नभएसम्म एकजुट भएर जनताको लागि काम गर्न गाह्रो हुने बताउनुभयो । 

जिल्ला सहसचिव कृष्णमुरारी न्यौपाने, क्षेत्रीय सभापति भेषबहादुर कार्की र प्रदेश सभापति प्रदीप कार्कीले राजनीतिक व्यवस्था परिवर्तनसँगै जनताको अवस्था परिवर्तनको लागि काँग्रेसले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button