गोरखा सङ्ग्रहालय: वार्षिक अवलोकन गर्नेको सङ्ख्या १ लाख २२ हजार
गोरखा । नेपालको ऐतिहासिक गोरखा सङ्ग्रहालय घुम्ने आउने पर्यटकको सख्या बढ्दै गएको छ ।

नेपाल एकीकरणको इतिहासको अध्ययन गर्ने थलोका रूपमा विकास हुँदै गएको गोरखा दरबार सङ्ग्रहालयमा आर्थिक वर्ष २०८१ साउनदेखि २०८२ असार मसान्त सम्ममा १ लाख हजार २२ हजार ७३३ जनाले अवलोकन गरेका छन् ।
जसमा ३६ हजार २९८ जना विद्यार्थी, ८४ हजार २५७ जना साधारण नेपाली, १७५ जना दक्षिण एसियाली (सार्क राष्ट्र) पर्यटक र २ हजार ३ जना अन्य विदेशी पर्यटकले अवलोकन गरेको गोरखा सङ्ग्रहालयका प्रमुख जयनारायण जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८०/०८१ मा ३५ हजार ३५६ जना विद्यार्थी, ८२ हजार १४४ जना नेपाली, १५९ जना सार्कका र १ हजार ५२८ जना अन्य विद्यार्थी पर्यटक गरेर १ लाख १९ हजार १८७ जनाले सङ्ग्रहालयको अवलोकन गरेका थिए ।
आर्थिक वर्ष २०८०/०८१ भन्दा गत वर्ष ३ हजार ५४६ जना बढी पर्यटकले सङ्ग्रहालय अवलोकन गरेको कार्कीले जानकारी दिनुभयो । ‘सङ्ग्रहालयमा मुख्य गरी नेपाल एकीकरणको इतिहास बुझ्न र अध्ययन गर्न आउने गरेका छन्,’ ‘शैक्षिक भ्रमणका सिजनमा धेरै जिल्लाबाट विद्यार्थीहरू अवलोकन गर्न आउने गर्दछन् ।’
आर्थिक वर्ष २०७९/०८० मा विद्यार्थी, नेपाली, दक्षिण एसिया तथा अन्य विदेशी गरेर १ लाख हजार २३ हजार ७३१ जनाले अवलोकन गरेका थिए ।
उनीहरूमध्ये ४३ हजार ५७० जना विद्यार्थी, ७९ हजार २३१ जना साधारण नेपाली, ७० सार्क राष्ट्रका र ८६० जना अन्य विदेशी पर्यटक रहेको उहाँले बताउनुभयाे । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा २६ हजार ५९१ जना विद्यार्थी, ४९ हजार ८०० जना नेपाली, ५९ जना दक्षिण एसियाका र ३१७ जना अन्य मुलुकको गरेर ७६ हजार ३२८ जनाले सङ्ग्रहालयको अवलोकन गरेका थिए ।
आर्थिक वर्ष २०७७/०७८ मा ३३ हजार २ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरेको देखिन्छ । त्यस वर्ष सबैभन्दा धेरै २६ हजार साधारण नेपाली, ६ हजार ५९१ जना विद्यार्थी, ९ जना दक्षिण एसियाका र ३३ जना अन्य मुलुकका पर्यटकले गोरखा सङ्ग्रहालयको भ्रमण गरेका थिए । कोरोना महामारीका कारण त्यतिबेला पर्यटकको सङ्ख्या कम देखिएको थियो ।
आर्थिक वर्ष २०७६/०७७ मा ७५ हजार ५४८ जना, आर्थिक वर्ष २०७५/०७६ मा ९५ हजार ३६० जना, आर्थिक वर्ष २०७४/०७५ मा ७५ हजार ५३ जनाले र आर्थिक वर्ष २०७३/०७४ मा ७२ हजार ९०० जनाले अवलोकन गरेका सङ्ग्रहालयले जनाएको छ ।
सङ्ग्रहालयमा नेपाल एकीकरण अभियानमा प्रयोग भएका हातहतियार राखिएका छन् । द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मका राजाहरूको जन्म कुण्डली लगायत नालीबेली, प्राचीन भाँडा वर्तन, नेपालमा बसोबास गर्ने मुख्य जातजातिका डमी, प्राचीन महत्वपूर्ण व्यक्ति, स्थल तथा सामानको तैलचित्र, पुष्पिका वाक्य, धार्मिक कक्ष, प्राचीन बाजागाजाहरू राखिएका छन् । सोही कुराहरूको अवलोकन गर्न र जानकारी लिनको लागि पर्यटकहरू संग्राहलय आउने गरेका छन् ।
‘गोरखा सङ्ग्रहालयमा यतिबेला भिडियो कक्ष समेत सञ्चालनमा आएको छ,’ ‘यहाँ गोरखा सङ्ग्रहालय, गोरखा दरबार र मनकामना मन्दिरका इतिहासहरू श्रब्यदृष्य रुपमा देख्न सकिन्छ ।’ दशै र तिहार बाहेक सम्पुर्ण सरकारी बिदाको दिनमा सङ्ग्रहालय खोल्ने गरिएको छ । फुर्सदको समयमा अथवा छुट्टी मनाउन पनि पर्यटकहरू सङ्ग्रहालय आउने गरेको पाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्