तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका बाडियाले २२० केजी उठाएर विश्व कीर्तिमान राखे, नेपाललाई १४ पदक

बाँके। थाइल्याण्डको पटायामा सम्पन्न १२औं स्ट्रेन्थ लिफ्टिङ विश्व तथा आइबीपी च्याम्पियनसिपमा नेपालले १४ पदक जित्दै टिम इभेन्टमा दोस्रो स्थान हासिल गरेको छ।

प्रतियोगितामा बाँकेका करण बाडियाले ६० केजी तौल समूहमा स्ट्रेन्थ लिफ्टिङ (हेक लिफ्ट) मा २२० केजी वजन उठाएर विश्व कीर्तिमान कायम गरेका छन्। उनले उक्त इभेन्टमा स्वर्ण तथा आइबीपीतर्फ रजत पदक जिते।

त्यस्तै, मोहित गुप्ताले ६८ केजी तौलमा आइबीपीमा स्वर्ण र हेक लिफ्टमा कास्य पदक जिते। सानु कान्छा लामाले दुवै इभेन्टमा रजत पदक प्राप्त गरे। केदार मान स्थापित, कृष्ण सिंह शाही र अमृता खडकाले स्वर्ण पदक जिते भने सन्तोष काजी शाक्य, राजेश श्रेष्ठ र दीपाले पनि पदक जिते।

महिला तर्फ अमृता खडकाले ७२.५ केजी वजन उठाएर विश्व कीर्तिमान कायम गर्दै हेक लिफ्ट च्याम्पियन अफ च्याम्पियन कप जितिन्। दीपाले आइबीपीतर्फ ओभरअल उपाधि जितिन्।

प्रतियोगितामा युरोप, अमेरिका, एसिया लगायतका देशका खेलाडीहरूको सहभागिता थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button