तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक : केन्द्रीय कमिटी बैठकको तयारीलगायत समसामयिक विषयमा छलफल

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी रहेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा जारी बैठकमा पार्टीको आसन्न पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीलगायत समसामयिक विषयमा छलफल भइरहेको एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँले विधान महाधिवेशनको तयारीका लागि भोली बस्ने पोलिटब्युरो र साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न सचिवालय बैठकमा छलफल भइरहेको जानकारी दिनुभयो ।

यसअघि आगामी भदौ २० र २१  गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय पार्टीले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button