दमक भ्यू टावर भोलिदेखि सर्वसाधारणका लागि खुला, अवलोकन शुल्क सय रुपैयाँ

भद्रपुर, झापा । झापाको दमकमा निर्माण गरिएको बहुचर्चित १८ तले दमक व्यापारिक कम्प्लेक्स भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागको सघन शहरी तथा भवन निर्माण आयोजनाले सूचना जारी गरी दमक नगरपालिका वडा नं ३ दापगाछीस्थित दमक भ्यू टावर (दमक व्यापारिक कम्प्लेक्स) भोलिदेखि सर्वसाधारणको लागि स–शुल्क प्रवेश तथा अवलोकन खुला गरिने जनाएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सो कम्प्लेक्स परिसर खुला गरिने भएको छ ।
कम्प्लेक्स अवलोकन गरेको शुल्क प्रतिव्यक्ति सय रुपैयाँ तोकिएको छ । त्यस्तै पार्किङ शुल्क हलुका सवारीका लागि रु. २५, बसका लागि रु. ५० र मोटरसाइकलको लागि रु. १० तोकिएको छ ।
प्रतिक्रिया राख्नुहोस्