तपाईँ सुन्दै हुनुहुन्छः

हरेक वर्ष साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रुपमा मनाइने सरकारको निर्णय 

काठमाडौँ । सरकारले हरेक वर्ष साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रुपमा मनाउने निर्णय गरेको छ । मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीपरिषद् बैठकले नेपालले सन् २०१९ मा जापान सरकारसँग सीपयुक्त  कामदार पठाउन गरेको महासन्धी पत्रको अवधि पाँच वर्षका लागि नवीकरण गर्न स्वीकृति प्रदान गरिएको जानकारी गराउनुभयो । 

त्यसैगरी मन्त्री परिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि उखु उत्पादक किसानहरूलाई प्रदान गरिने  अनुदान रकम प्रति क्विन्टल  ३५ रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकले  नागढुंगा सडकखण्ड विस्तारका  लागि जापान सरकारबाट प्राप्त ५ अर्ब ७० करोड जापानी ऐन बराबरको  सहुलियत ऋण  सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

मन्त्री परिषद् बैठकले  नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि  छानविन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी मन्त्रिपरिषद् बैठकले क्यासिनो नीति र जनसङ्ख्या नीति स्वीकृत गर्ने निर्णय पनि गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button