तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री कार्की र संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिबीच भेटवार्ता 

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि सङ्गठनको नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबीच भेटवार्ता भएको छ । 

सो अवसरमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत परियोजनाहरू सञ्चालन गरेकोमा आभार व्यक्त गर्नुहुँदै मध्यपहाडी जिल्लाहरूमा वातावरणीय प्रभाव कम गर्ने, कृषि क्षेत्र र उच्च मूल्यका फलहरूको उत्पादन, बजारीकरण र व्यवस्थापनमा काममा सहयोग गर्न आग्रह गर्नुभयो ।

संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको प्रतिनिधि केन सिमिजुले आफूहरू पनि प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो । उहाँले थप काम गर्नका लागि यहाँ सम्पर्क कार्यालय सञ्चालन गरेर अघि बढ्ने तयारी रहेको जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनले कोशी प्रदेशमा जैविक विविधता माटो संरक्षण व्यवस्थापन, चुरे क्षेत्रमा वातावरणीय प्रभाव न्यूनीकरण जस्ता विषयमा काम गरिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button