तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल पूर्व कर्मचारी समाजको कार्यसमिति चयन

काठमाडौँ । रेडियो नेपाल पूर्व कर्मचारी समाजको प्रथम साधारण सभाले श्याममान श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा गौतम तिमिला, सचिव प्रेमप्रसाद भट्ट‌राई, सह–सहसचिवमा राजेश पाण्डे र कोषाध्यक्षमा प्रदीप कुमार खनाल चयन हुनुभएको छ।

यसैगरी सदस्यहरूमा धन‌ लामा, मिरा राणा, पूर्ण कुमार थापा, सूर्यबहादुर तण्डुकार, भरत प्रसाद घिमिरे र भुवनेश्वर श्रेष्ठ चयन हुनुभए‌को छ । 

निर्विरोध निर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button