नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष कृष्णप्रसाद बस्यालको मोटरसाइकल दुर्घटनामा निधन
बर्दिया । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) को मोटरसाइकल दुर्घटनामा परि निधन भएको छ।
मधुवन नगरपालिका–८ गणेशचोक नजिक हुलाकी सडकमा साइकल जोगाउने क्रममा भे १३ प ९३६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार बस्याल सडकमा खस्दा गम्भीर घाइते हुनुभएको थियो। प्रारम्भिक उपचारपछि उहाँलाई नेपालगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो जहाँ उपचारका क्रममा उहाँको निधन भएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर डम्मरपालले जानकारी दिनुभयो।
मोटरसाइकल चालक विष्णु पौडेलको भने बर्दिया अस्पतालमा उपचार भइरहेको छ।
दुई कार्यकालसम्म नेपाल पत्रकार महासंघ बर्दियाको अध्यक्ष रहनुभएका बस्याल केन्द्रिय उपाध्यक्षसमेत हुनुहुन्थ्यो। उहाँले बर्दिया र काठमाडौं दुबै स्थानबाट पत्रकारिता गर्दै रेडियो नेपाल लगायतका सञ्चार माध्यममा योगदान पुर्याउनुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्