तपाईँ सुन्दै हुनुहुन्छः

गाजामा इजरायली आक्रमणबाट मृतक ५८ हजार नाघ्यो, अधिकाँश महिला र बालबालिका

काठमाडौँ । इजरायलको २१ महिनादेखिको आक्रमणमा गाजामा मृतकको संख्या ५८ हजार नाघेको छ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०० भन्दा बढीको ज्यान गएपछि कुल मृतक संख्या ५८ हजार २६ पुगेको हो। मृतकहरूमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन्।

पछिल्लो आक्रमणमा पानी लिन गएका धेरै बालबालिकाको ज्यान गएको बताइएको छ। गाजाको २१ लाख जनसंख्यामध्ये हालसम्म १० प्रतिशतभन्दा बढी जनसंख्या मृत्यु, बेपत्ता र विस्थापनका कारण घटेको जनाइएको छ।

हाल गाजाको राजधानी गाजा सिटीमा ८ लाख २३ हजारको बसोबास रहेको छ भने पूरै प्यालेस्टाइनमा ५८ लाख ९० हजार जनसंख्या छ।

२१ महिनाअघि हमासले इजरायलमा गरेको आक्रमणमा करिब १,२०० इजरायली मारिएपछि इजरायलले गाजामा सैन्य कारबाही तीव्र बनाएको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ लाख ३८ हजार ५२० जना घाइते भएका छन्। युद्धविरामका प्रयासहरू बारम्बार असफल भइरहेका छन् भने इजरायली आक्रमण अझै जारी छ।

Ask ChatGPT

प्रतिक्रिया राख्नुहोस्

Back to top button