नेपालमा दोस्रो पटक आर्थिक गणना हुने

जनकपुरधाम । नेपालमा यही वर्ष फागुनदेखि दोस्रो पटक आर्थिक गणना हुने भएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार देशको आर्थिक अवस्थाबारे विश्लेषण गर्न सातवटै प्रदेशका ७५३ वटै स्थानीय तहका वडास्तरबाट एकैसाथ गणना गरिनेछ ।
२०७५ सालमा पहिलोपटक आर्थिक गणना गरिएको थियो । कार्यालयका प्रमुख शिवनारायण महतोले अहिले दोस्रोपटक गणना हुन लागेको जानकारी दिनुभयो ।
सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा गणना समावेश गरेको छ ।
गत गणनामा ९ लाख प्रतिष्ठानमध्ये ५०.१ प्रतिशत मात्रै दर्ता रहेका थिए भने ४९.९ प्रतिशत विना दर्ता सञ्चालनमा रहेको पाइएको थियो ।
आगामी गणनामा उद्योग, कृषि, सेवा, शिक्षा, व्यापारजस्ता क्षेत्र समेटिने छन् ।
कार्यक्रममा मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य राजकुमार सिंह र धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आर्थिक गणनाको नीति निर्माणमा भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्