विधायन समिति बैठक : राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि विज्ञसँग सुझाव
काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक २०८१ का सम्बन्धमा प्रयोगशाला विज्ञसँग सुझाव लिएको छ ।

समितिको आज बसेको बैठकमा डा. हरिहर अवस्थीले अपराध अनुसन्धान र न्याय निरुपणका लागि दुई फरक प्रयोगशाला महत्वपूर्ण हुने बताउनुभयो ।
नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट आएको रिपोर्टलाई हालसम्म अदालतले इन्कार नगरेको भन्दै अवस्थीले दुई अलग प्रयोगशाला हुँदा आशङ्का हुने अवस्थामा पुन परीक्षण गर्न सकिने बताउनुभयो ।
बैठकमा सांसदहरु उर्मिला अर्याल, डा.वेदुराम भुषाल, सुरेशकुमार आलेमगर, झक्कुप्रसाद सुवेदी, पदम परियार, सावित्री मल्ल, गंगा वेलवासे लगायतले नेपाल प्रहरीले सञ्चालन गरेको फरेन्सिक ल्याब प्रमाणमुखी अपराध अनुसन्धान कार्यमा प्रभावकारी हुने गरेको भन्दै नयाँ कानूनले डिजिटल फरेन्सिक ल्याबलाई वैज्ञानिक अनुसन्धानको केन्द्र बनाउने गरी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय बढ्दै गएको अपराधका घटनाहरूको विश्वसनीय अध्ययनका लागि यो विधेयकले नयाँ व्यवस्था गर्नुपर्नेमा जोड दिँदै सांसदहरुले प्रदेशमा समेत फरेन्सिक ल्याब स्थापना हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्