तपाईँ सुन्दै हुनुहुन्छः

शहीदहरूको सम्झनामा राप्ती सोनारीमा शहीद पार्क निर्माण

बाँके।बाँकेको राप्ती सोनारी–६ हब्रहवामा जनयुद्धका शहीदहरूको सम्झनामा शहीद पार्क निर्माण गरिएको छ।

राप्ती सोनारी र नरैनापुरका ८५ जना शहीद तथा बेपत्ता योद्धामध्ये पहिलो चरणमा ५५ जनाको अर्धशालिक निर्माण सम्पन्न गरिएको माओवादी नेता एवं अधिवक्ता सूर्य घर्तीमगरले जानकारी दिनुभयो। उहाँका अनुसार सांसद कृष्ण केसी ‘नमूना’को २०८१/८२ को संसदीय विकास कोषबाट प्राप्त ६० लाख रुपैयाँको लागतमा शालिक निर्माण गरिएको हो।

घर्तीले शहीदहरूको बलिदानको सम्मान र इतिहासलाई जीवन्त राख्न शहीद पार्क निर्माण गरिएको बताउनुभयो। आउँदा दिनमा संघीय र प्रदेश सरकारसँग समन्वय गर्दै पार्कको थप विकास गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो।

विसं २०६३ देखि शहीद पार्क निर्माणको प्रयास गरिए पनि अहिले आएर मात्र सपना पूरा भएको हो। भविष्यमा यसलाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गरी नयाँ पुस्तालाई शहीदको योगदानबारे जानकारी दिने उद्देश्य लिइएको घर्तीले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button