तपाईँ सुन्दै हुनुहुन्छः

टप इण्ड टि ट्वान्टी सिरिजको सुरुवातमा नेपालले आयोजकसँग खेल्ने

काठमाडौं । नेपालले आगामी महिना अस्ट्रेलियामा आयोजना हुने टप इण्ड टि ट्वान्टी सिरिज आयोजक टोलीसँग खेल्दै सुरु गर्ने भएको छ ।

अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ (एनटी) ले मङ्गलवार सिरिजको खेलतालिका जारी गरेको हो । खेल तालिका अनुसार नेपालको पहिलो खेल साउन ३० मा नर्दन टेरिटोरि स्ट्राईकसँग रहेको छ । 

दोस्रो खेलमा नेपालले साउन ३१ मा बङ्गलादेश ‘ए’ टिमसँग खेल्नेछ । तेस्रो खेलमा मेनवर्न स्टारको एकेडेमी टिमसँग २ भदौमा खेल्नेछ ।

चौथो खेलमा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग भदौ ३ मा खेल्नेछ । पाँचौँ खेल भदौ ४ मा मेलबर्न रेनेगट्सको एकेडेमी टोलीसँग खेल्नेछ । छैटौँ खेलमा भदौ ६ मा पाकिस्तान ‘ए’ टोलीसँग खेल्नेछ ।

नेपालले समूह चरणमा ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष ४ मा रहने टोलीका बीचमा सेमिफाइनल खेल हुनेछ । दुई सेमिफाइनलको विजेता टोलीका बीचमा फाइनल भिडन्त हुनेछ । सेमिफाइनल र फाइनलका खेल भदौ ८ मा हुनेछ । एनटीको आयोजनामा हुने सिरिजमा ११ टोलीको सहभागिता रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button