‘चलचित्र कन्फेरेन्स’ सम्पन्न
काठमाडौँ । ‘काठमाडौँ युनिभर्सिटी स्कुल अफ आर्ट्स’अन्तर्गत भाषा तथा आमसञ्चार विभागको आयोजनामा आइतबारदेखि सुरु दुई दिने ‘चलचित्र कन्फेरेन्स’ आज सम्पन्न भएको छ ।
कला पढिरहेका र चलचित्रमा भविष्य खोजिरहेका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै चलचित्रका विषयमा जानकारी दिने ‘काठमाडौँ युनिभर्सिटी स्कुल अफ आर्ट्स’ अन्तर्गत भाषा तथा आमसञ्चार विभाग प्रमुख निर्मलमणि अधिकारीले बताउनुभयो ।
सो कन्फेरेन्स नेपाल चलचित्र समीक्षक समाज, नेपाल चलचित्र निर्देशक समाज, काठमाडौँ पर्वतीय चलचित्र महोत्सव फाउन्डेसनसँगको सहकार्यमा आयोजना गरिएको थियो ।
कन्फेरेन्समा छोटो चलचित्र प्रदर्शन गर्नुका साथै ‘फेस्टिभल फिल्म्स भर्सेस डोमेस्टिक मार्केट’ र ‘द भिजुअल ल्याङगवेज अफ नेपाली सिनेमा : स्ट्रेन्थ एण्ड लिमिटेशन’ शीर्षकमा अन्तरक्रिया गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्