तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग समिति बैठक : रासायनिक मलमा कोटा प्रणाली हटाउन सांसदहरूको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले कोटा प्रणालीबाट रासायनिक मल व्यवस्था गर्दा किसानहरु मारमा परेको बताउनुभएको छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरुले किसानहरूलाई रासायनिक मल कोटा सिस्टमबाट व्यवस्था गरिदा चाहिने ठाउँमा मल अपुग भएको र नचाहिने ठाउँमा बढी पुग्ने गरेकाले कोटा सिस्टम हटाउन माग गर्नुभयो । 

किसानहरुले समयमा मल नपाउँदा कृषि उत्पादनमा ह्रास आउने भन्दै सांसदहरुले सरकारले किसानलाई  जसरी पनि मल उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । 

बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले किसानहरुले समयमा रासायनिक  मल नपाउने पुरानो समस्या यस वर्ष पनि कायम रहेको बताउनुभयो । 

यस वर्षका लागि आयात गरिएको मल स्थानीय तहहरुमार्फत् वितरण गरिएको तर आवश्यकताअनुसार पर्याप्त मल उपलब्ध गराउन नसकेको मन्त्री अधिकारीले बताउनुभयो । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले कोटा प्रणालीबाट आउने मल सहज रुपमा आयात भइरहेको बैठकलाई जानकारी गराउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button