तपाईँ सुन्दै हुनुहुन्छः

उपाधि जितेकामा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिसी यू–१६ इस्ट जोन कम क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल नेपाली टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले प्रतियोगिताको अन्तिम खेलमा सशक्त प्रदर्शन गर्दै उपाधि हासिल गरेको भन्दै नेपाली यू–१६ राष्ट्रिय टोलीलाई बधाई ज्ञापन गर्नुभएको हो ।

“एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा सशक्त प्रदर्शन गर्दै उपाधि हासिल गर्न सफल नेपाली यू–१६ राष्ट्रिय टोलीलाई हार्दिक बधाई ! यस गौरवमय सफलताका लागि प्रशिक्षक, व्यवस्थापन समूहलगायत सबैलाई धन्यवाद”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।

आज मलेसियामा भएको फाइनल प्रतियोगितामा नेपाली टोलीले सिङ्गापुरको टोलीलाई पराजित गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button