बसको ठक्करबाट नवलपरासीमा दुई युवाको मृत्यु
नवलपरासी पश्चिम् । बसको ठक्करबाट नवलपरासीमा दुई युवाको मृत्यु भएको छ ।
बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर एक स्थित झरहीखोलामा भएको उक्त दुर्घटनामा परी प्रतापपुर गाउँपालिका वडा नम्बर ४ पाचपेडा बस्ने वर्ष २१ का भोला राजभर र रामग्राम नगरपालिका वडा नम्बर १५ डिगौल बस्ने वर्ष १८ को राहुल राजभरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरदत्त पन्तले जानकारी दिनुभयो।
महेशपुर– भुजहवा भित्री सडकखण्डको मोडमा ओभरटेक गर्ने क्रममा लु ४७ प ४८७९ नम्बरको मोटरसाइकललाई लु २ ख ६५४ नम्बरको बसले ठक्कर दिएको थियो ।
बससहित बसका चालक रामग्राम इमिलिटोल बस्ने वर्ष ३१ का सद्दाम अली अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पन्तले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी ल्याइएको भएपनि चिकित्सकले मृत घोषण गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्