तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय जनगणना २०७८ का दुई विश्लेषणात्मक प्रतिवेदन सार्वजनिक

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ अन्तर्गत तयार गरिएका दुई विश्लेषणात्मक विषयगत प्रतिवेदन र आंशिक सूक्ष्म तथ्याङ्क आज सार्वजनिक गरेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयमा आज आयोजित कार्यक्रममा, नेपालमा सहरीकरण र विकास, नेपालमा श्रम शक्ति र आर्थिक क्रियाकलाप  विषयक प्रतिवेदन र राष्ट्रिय जनगणना २०७८ को सूक्ष्म कोरा तथ्याङ्क सार्वजनिक गरिएको हो । 

ती प्रतिवेदनहरू राष्ट्रिय जनगणना २०७८ का विस्तृत तथ्याङ्कको विश्लेषणका आधारमा तयार पारिएको जनाइएको छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधुसूदन बुर्लाकोटिले प्रतिवेदनमा बाल श्रमको दरमा कमी आएको जानकारी दिनुभयो ।

यस्तैगरी, सामाजिक तथ्याङ्क महाशाखाका निर्देशक कपिल देव जोशीले डिजिटलाइजेशन र अनलाइन मिडिया प्रयोग गरेर तथ्याङ्क व्यवस्थापन र पहुँचमा सुधार आएको बताउनुभयो । 

यसैगरी शाखाका निर्देशक, राजन सिलवालले कृषियोग्य जमिन सहरीकरणतर्फ गइरहेको र सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा खेतियोग्य जमिन घट्दै गएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिनुभयो । 

निर्देशक सिलवालले इन्टरनेट पहुँच, अर्थतन्त्र प्राथमिकता, गरिबी निवारण, वातावरण संरचना र समावेशी योजना लगायतका विषयहरू समेट प्रतिवेदनमा समेटिएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button