सुदूरपश्चिम प्रदेशको आगामी आव २०८२/०८३ को बजेट पारित

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक बर्ष २०८२÷०८३ को बजेट पारित गरेको छ ।
बैठकमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले बजेट पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । बैठकमा सभामुख भिमबहादुर भण्डारीले आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि प्रदेश सभामा प्रस्तुत (आय–व्यय अनुमान) बजेट सर्वसम्मत पारित भएको घोषणा गर्नुभयो ।
त्यसअघि बैठकमा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले प्रदेशको समग्र क्षेत्रलाई दृष्ट्रिगत गरि सन्तुलित तवरले बजेट ल्याउने प्रयत्न गरिएको बताउनुभयो । उहाँले बजेटका सन्दर्भमा प्रदेश सभा सदस्यहरुले उठाएका विषयवस्तुलाई सरकारले सकारात्मक लिएको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि ३३ अर्ब ४७ करोड बराबरको बजेट ल्याएको थियो ।
प्रतिक्रिया राख्नुहोस्